इजरायलले माग्यो २३०० नेपाली श्रमिक (सूचनासहित)

इजरायलले माग्यो २३०० नेपाली श्रमिक (सूचनासहित)


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । इजरायलमा नेपालीका लागि ठूलो संख्यामा रोजगारी खुलेको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको जनाएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशन गरिएको मितिले २१ दिनभित्र रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मा अनलाइन आवेदन दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

अनलाइन आवेदन २०८३ जेठ १७ गते राति १२ बजेदेखि खुल्नेछ भने असार ७ गते राति १२ बजेसम्म आवेदन दिन सकिने विभागले जनाएको छ।