गोला प्रणालीमा पेशी व्यवस्थापन यथावत् रहने सर्वोच्चको स्पष्टोक्ति

गोला प्रणालीमा पेशी व्यवस्थापन यथावत् रहने सर्वोच्चको स्पष्टोक्ति


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । सर्वोच्च अदालतले मुद्दा पेशी व्यवस्थापनका लागि लागू गरिएको गोला प्रक्रियामा कुनै परिवर्तन वा विकल्पबारे छलफल नभएको स्पष्ट पारेको छ।

केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त प्रणालीको विकल्प खोजिँदै छ भन्ने आशयका समाचार सार्वजनिक भएपछि अदालतले औपचारिक रूपमा स्पष्टीकरण जारी गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा दैनिक पेशी व्यवस्थापनमा प्रयोग भइरहेको गोला प्रणाली पुनर्विचार गर्ने विषयमा हालसम्म कुनै पनि औपचारिक छलफल वा धारणा नबनेको उल्लेख गरिएको छ।

अदालतले “गोला प्रक्रियामा आधारित पेशी व्यवस्थापनबारे पुनर्विचार गर्ने कुनै सोच वा तयारी छैन” भन्ने स्पष्ट सन्देश दिएको विज्ञप्तिमा जनाइएको छ।

सर्वोच्चका अनुसार हाल अदालतहरूमा मुद्दा व्यवस्थापन कार्य ‘अदालतमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ अनुसार नै सञ्चालन हुँदै आएको छ।