बागमती प्रदेशमा २ सय ४८ जना विद्यालय नर्सका लागि आवेदन खुला

बागमती प्रदेशमा २ सय ४८ जना विद्यालय नर्सका लागि आवेदन खुला


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । हेटौँडा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठूलो संख्यामा विद्यालय नर्सका लागि दरखास्त आह्वान गरेको छ। निर्देशनालयले बिहिवार सार्वजनिक सूचनामार्फत ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा पदपूर्तिका लागि २ सय ४८ जना नर्स माग गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८२ असार १४ गते)ले १५ दिनभित्र अर्थात् २०८२ असार २८ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्ने निर्देशनालयले जनाएको छ ।