‘होइ सरकार होइ, मेरो भोट खोइ ?’ भन्दै माइतीघरमा सुकुम्वासीको प्रदर्शन

‘होइ सरकार होइ, मेरो भोट खोइ ?’ भन्दै माइतीघरमा सुकुम्वासीको प्रदर्शन


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । माइतीघर क्षेत्रमा सुकुम्वासी समुदायका व्यक्तिहरूले सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले आफूहरूलाई बस्तीबाट जबरजस्ती हटाइएको भन्दै स्थायी बसोबास र भूमिअधिकार सुनिश्चित गर्न माग गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ती नाराहरूमा गणतान्त्रिक व्यवस्थाको प्रभावकारिता, गरिब तथा भूमिहीन समुदायप्रतिको व्यवहार, र राज्यको प्राथमिकता सम्बन्धी प्रश्नहरू उठाइएको देखिएको थियो ।

उनीहरूले राज्यका निर्णयहरूमा असमानता देखिएको भन्दै सिंहदरबारका नीति तथा व्यवहारले सुकुम्वासी समुदाय प्रभावित भएको आरोपसमेत लगाएका छन् । साथै, जनप्रतिनिधि र शासन प्रणालीप्रति प्रश्न उठाउँदै सरकारलाई भूमिहीन नागरिकको समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।