अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट किन हटायो ?

अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट किन हटायो ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित आर्थिक विधेयक आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ । सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा चर्चा सुरु भएपछि केही समयमै मन्त्रालयको वेबसाइटबाट दस्तावेज हटाइएको हो ।

शुक्रबार बजेट प्रस्तुत गरेलगत्तै मन्त्रालयले उक्त विधेयक वेबसाइटमा राखेको थियो । तर शनिबार दिउँसोदेखि उक्त दस्तावेज वेबसाइटमा देखिन छाडेको छ ।

आर्थिक विधेयकमार्फत करसम्बन्धी कानुन संशोधन गरी नयाँ कर दरहरू निर्धारण गरिने व्यवस्था हुन्छ । यस विषयमा आफूलाई कुनै जानकारी नभएको अर्थ सचिव घनश्याम उपाध्यायले बताए ।