प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सभापति गगनको कडा आपत्ति

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सभापति गगनको कडा आपत्ति


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका सभापति गगन थापाले कडा आपत्ति जनाएका छन्।

काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सोमबार बोल्दै थापाले प्रधानमन्त्रीको उक्त भनाइलाई राष्ट्रिय संवेदनशीलता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै गम्भीर आपत्तिजनक भएको टिप्पणी गरे।

उनका अनुसार यस्तो प्रकृतिको अभिव्यक्तिले राज्यको आधिकारिक अडान र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत हुने कूटनीतिक दाबी कमजोर पार्ने खतरा हुन्छ। थापाले सीमा विवादजस्ता विषयमा देशको स्पष्ट र प्रमाणमा आधारित धारणा रहने भए पनि प्रधानमन्त्रीको भनाइले त्यसलाई प्रभावित पारेको बताए।

थापाले कूटनीतिक माध्यमबाट समाधान खोज्ने सम्भावनालाई समेत उक्त अभिव्यक्तिले जटिल बनाएको टिप्पणी गरे। उनले नेपाली काँग्रेसले सो भनाइप्रति पूर्ण रूपमा असहमति जनाउँदै विरोध गरिरहेको स्पष्ट पारे।