वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।

मंगलबार बिहान साँवा ६ बजे उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए। पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए । हाल उनलाई नियन्त्रणमा लिइ प्रहरी कार्यालय पर्सामा राखिएको छ भने आजै उनलाई अदालत हाजिर गराउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।