काठमाडौं । पूर्व प्रधानमन्त्रीस् एवं एमाले अध्यक्ष केपी शर्मा ओली गत २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।
ओली केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेको ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन ।
काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने छ । पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागिएको एमालेले जनाएको छ । कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् ।
पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।


प्रतिक्रिया