किन बोलाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले काँग्रेस संसदीय दलको बैठक

किन बोलाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले काँग्रेस संसदीय दलको बैठक


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री शाहले दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् । दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको भोलिपल्ट शाहले दलको बैठक बोलाएको हो । बैठकको एजेन्डा भने खुलाइएको छैन ।