एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपालले एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो ।

जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् ।

यस्तै उपकप्तान पूजा महतोले अविजित २८ र कप्तान इन्दु बर्माले ६ रन बनाइन् । बलिङ कतारका लागि शाहरीनवाब खान र खादिजा अमदले एक एक विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ७६ रन बनारोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको बनाएको थियो ।

कतारका लागि ओपनर गितरुडु चण्डिरुले सर्वाधिक २५ रन बनाइन्। यस्तै कप्तान आयसाले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालकी रुबिना क्षेत्रीले तीन विकेट लिइन् । कविता कुवँर, रिया शर्मा र पूजा महतोले एक एक विकेट लिइन् । समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार भुटानसँग खेल्ने छ । समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।

१८ देशको सहभागिता रहेको प्रतियोगितामा सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मंगोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।

समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् । यसअघि मलेसियामै सम्पन्न एसियन गेम्स छनोटबाट नेपाल बाहिरिएको थियो ।