ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन

ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १२८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६०, संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।