एसियन गेम्समा नेपालको स्थान सुनिश्चित

एसियन गेम्समा नेपालको स्थान सुनिश्चित


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। एसियन गेम्स क्वालिफायरअन्तर्गत भएको निर्णायक खेलमा नेपालले मलेसियामाथि फराकिलो जित दर्ता गर्दै समूह विजेता बनेको छ। जितसँगै नेपालले आगामी एसियन गेम्सका लागि स्थान सुरक्षित गरेको छ।

भर्खरै सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २७७ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै सीमित भयो, जसका कारण नेपाल १६७ रनको विशाल अन्तरले विजयी भयो।

मलेसियाका कप्तान सय्यद अजीजले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सार्विन मुनियान्दीले १८ र मुहम्मद हजिजले १३ रन जोडे भने बाँकी ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।

नेपालका तर्फबाट बलिङमा शेर मल्लले ३ विकेट लिए। त्यसैगरी करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिएर टोलीको जितमा योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पारेको थियो। ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रनको शतकीय इनिङ्स खेले, जसमा १४ चौका र ८ छक्का समावेश थिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।

आसिफ शेखले २४ बलमा ६८ रनको विस्फोटक इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रनको तीव्र योगदान दिए। मलेसियातर्फ बलिङमा विरनदीप सिंहले ३ विकेट लिए भने सय्यद अजीज र विजय उन्नीले २–२ विकेट हात पारे।

पराजयका बाबजुद मलेसियाले पनि एसियन गेम्समा स्थान बनाउन सफल भएको छ।