सशस्त्र प्रहरीका सात डीआईजीको सरुवा

सशस्त्र प्रहरीका सात डीआईजीको सरुवा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का सात नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा सात जनालाई नयाँ जिम्मेवारीमा पदस्थापन गरेको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले डीआईजी विष्णुप्रसाद भट्ट, दीपक अधिकारी, कृष्णराज पाठक, दीपेन्द्र शाह, कृष्ण ढकाल, दीपेन्द्र कुँवर र सुरेशकुमार श्रेष्ठको सरुवा गरिएको जनाएको छ ।

भट्टलाई नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, अधिकारीलाई नम्बर–५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, पाठकलाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा खटाइएको छ ।

त्यस्तै शाहलाई इन्टेलिजेन्स ब्युरो, ढकाललाई कार्य विभाग, कुँवरलाई मानवस्रोत विभाग तथा श्रेष्ठलाई सीमा सुरक्षा विभागमा जिम्मेवारी दिइएको छ ।

दिग्विजय सुवेदीलाई नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेतलाई नम्बर–३ गढीमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र प्रविण कँडेललाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा पदस्थापन गरिएको छ ।

त्यसैगरी राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय तथा राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।