काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । बिहीबार साँझ भएको उक्त भेटमा द्विपक्षीय चासोका विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर यसअघि गत वैशाखमा नेपाल आएका बेला पनि लामिछानेसँग भेटवार्ता गरेका थिए । भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने १८ जेठमा नयाँ दिल्ली पुगेका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भाजपा नेतृत्वसँग भेटघाट गरिसकेका छन् ।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका बेला पनि रास्वपा नेतृत्वसँग भेटवार्ता गरेका थिए।


प्रतिक्रिया