दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य

दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए ।

बिहीबार भएको उक्त दुर्घटनापछि अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था सामान्य र सुधारोन्मुख रहेको छ।

पार्टीका वरिष्ठ नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अध्यक्ष साम्पाङको अवस्थाबारे स्पष्ट पारेका हुन्।

किरातीले लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ।’