काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् । पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौँ महानगर वडा नम्बर ८ का सभापति थिए ।
उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् । अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया