काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले घटेर २ लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुन तोलामा तीन लाख आठ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने चाँदी तोलामा चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया