सुदूरपश्चिम मन्त्रिपरिषदमा काँग्रेसबाट ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम मन्त्रिपरिषदमा काँग्रेसबाट ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूको नियुक्ति गरिएको छ। पुनर्गठनपछि नेपाली काँग्रेसको तर्फबाट तीन जना मन्त्री र दुई जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन्।

नियुक्त भएका पदाधिकारीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुनर्गठनअनुसार बेलबहादुर राना मगरलाई सामाजिक विकास मन्त्रालय, विक्रमसिंह धामीलाई आर्थिक मामिला मन्त्रालय तथा मानबहादुर रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी राज्यमन्त्रीतर्फ मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्री र जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्रीको रूपमा नियुक्त गरिएको छ। दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबारदेखि नै आ-आफ्नो मन्त्रालयगत जिम्मेवारी सम्हाल्ने जानकारी दिइएको छ।