काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल उद्देश्य नेतृत्व व्यवस्थापन वा व्यक्तिगत मिलापभन्दा पनि जनतासँगको सम्बन्ध मजबुत बनाउने हुनुपर्ने बताएका छन्।
गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरूलाई एकै ठाउँमा ल्याउने प्रयासभन्दा पनि संगठनलाई जनस्तरसम्म प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखे। उनका अनुसार पद वा अवसरका कारण पार्टी छोड्ने प्रवृत्तिलाई रोक्न अनावश्यक प्रयास गर्नुको सट्टा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने हुन्छ।
थापाले काँग्रेस लामो समयदेखि सत्ता केन्द्रित अभ्यासमा अल्झिँदा संगठनात्मक रूपमा कमजोरी देखिएको टिप्पणी पनि गरे। उनले सत्ता प्राप्तिलाई मात्र लक्ष्य बनाउँदा पार्टीको मूल आधार कमजोर भएको बताए।
उनले पार्टी सभापतिको भूमिकामा रहेर सबै पक्षलाई समेट्ने र संवादमार्फत समाधान खोज्ने प्रयास भइरहेको पनि उल्लेख गरे।


प्रतिक्रिया