दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक भए ।

‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?