शेरबहादुर देउवाका भतिजा प्रकाशले गरे कांग्रेस सदस्यता अद्यावधिक

शेरबहादुर देउवाका भतिजा प्रकाशले गरे कांग्रेस सदस्यता अद्यावधिक


ग्लोब नेपाल
216
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।

लामो समयदेखि मुलुक बाहिर रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद देउवाले सदस्यता अद्यावधिक गराएको क्रियाशील सदस्यता व्यवस्थापनको काम गर्दै आएका स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनको एनसीआईडी ४९५३०७ हो । पूर्वमन्त्री देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् । उनी जेनजी आन्दोलनलगत्तै नेपालबाट अमेरिका पुगेका थिए ।