आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री डा. शशांक कोइराला विराटनगर पुगेका छन् ।

नेपाली काँग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजनाले गर्न लागेको कोशी प्रदेशका काँग्रेस नेता-कार्यकर्तासँग छलफल तथा भेलाको तयारीका लागि उनीहरू विराटनगर पुगेका हुन् । भेलाको पूर्वसन्ध्यामा विराटनगरस्थित कोइराला निवासमा दाजुभाइ डा. शेखर र डा. शशांक कोइराला एकसाथ देखिएका छन् ।

संस्थापन इतर पक्षले आयोजना गर्न लागेको उक्त भेलालाई काँग्रेसभित्रको समसामयिक राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण तथा पार्टी एकतासम्बन्धी विषयमा केन्द्रित हुने बताइएको छ। भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइरालासहित संस्थापन इतर पक्षका अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।