गुण्डुमा ओलीले भनेः ‘लोभीपापी’ले पार्टी फुटाउन सक्छन्

गुण्डुमा ओलीले भनेः ‘लोभीपापी’ले पार्टी फुटाउन सक्छन्


ग्लोब नेपाल
189
Shares

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने दाबी गरेका छन ।

बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले शनिबार छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई गुण्डु बोलाएका थिए। त्यहाँ उनले मध्यरातसम्म पुनर्गठन कार्यदलको बैठकमा भएको छलफलबारे जानकारी लिएका थिए ।

नेताहरूको बिफ्रिङ सुनिसकेपछि अध्यक्ष ओली विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति आक्रामक सुनिएको गुन्डू उच्च स्रोतले जानकारी दिएको छ । गुन्डु स्रोतले भन्यो, ‘ महासचिव लोभी बनेको अध्यक्ष ओलीको निष्कर्ष थियो । पुनर्गठन अभियान चलाएर उपाध्यक्ष विष्णु पौडेलले पनि पाप गरिरहेको अध्यक्षले बताउनुभयो ।’ पदमा लोभिएर महासचिव पोखरेलले उपाध्यक्ष पौडेललाई साथ दिइरहेको बताउँदै यो अभियान निष्कर्षमा नपुग्ने ओलीले बताएका थिए । ‘उनीहरू (पौडेल–पोखरेल) जसरी हुन्छ मलाई गलहत्याउने, हटाइहाल्ने अभियानमा छन् ।

उनीहरूले पार्टी नै फुटाउन पनि सक्छन्रु मलाई हटाउन त कारण चाहिएला नि ? के कारणले हटाउने ! मैले के अपराध गरेको छु र हटाउने !,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

भदौ २३ र २४ गतेपछि उपाध्यक्ष विष्णु पौडेलले पार्टी, तत्कालीन सरकारको काम, नेतृत्वको बचाऊ र प्रतिरक्षामा एक शब्द पनि नखर्चेको, आफूले लेख्नुस् भनेर बारम्बार आग्रह गर्दा पनि सुनेको नसुन्यै गरेको, कतै नबोलेको र अहिले पुनर्गठनको नेतृत्व गरिरहेको भन्दै ‘पापी’ को संज्ञा दिएको अर्का एक केन्द्रीय सदस्यले बताए।