इक्वेडरमाथि आइभरी कोष्टको रोमाञ्चक जित

इक्वेडरमाथि आइभरी कोष्टको रोमाञ्चक जित


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। अफ्रिकी देश आइभरी कोष्टले जारी फिफा विश्वकपमा इक्वेडरलाई पराजित गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टले इक्वेडरलाई ९०औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गरेको छ । आइभरी कोष्टको जितमा खेलको ९०औं मिनेटमा अमाद डायलोले गोल गर्दै जित दिलाएका थिए । यो जितपछि समूह इ मा आइभरी कोष्टले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

आइभरी कोष्टले अब अर्को खेल जुन २१ मा जर्मनीसँग र जुन २६ मा इक्वेडरसँग खेल्ने छ । त्यस्तै इक्वेडरले जुन २१ मा कुरासाओ र जुन २६ मा जर्मनीसँग खेल्ने तालिका रहेको छ ।

जापानसँग बराबरीमा रोकियो नेदरल्यान्ड्स
नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ। डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।

५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए।

६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए। तर, खेल सकिनै लाग्दा ८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेका थिए ।