धेरै नेताले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक

धेरै नेताले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक


ग्लोब नेपाल
54
Shares

ललितपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र १४ औ महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला पक्षका धेरै नेताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले रूपान्तरणको कार्यादेश दिए पार्टीमा सामूहिक भावनाको जागरण नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडान राखेका छन् ।

स्वास्थ्योपचारका लागि देशबाहिर रहेका पूर्वसभापति देउवा, उनकी पत्नी एवं पूर्वकेन्द्रीय सदस्य डा. आरजु राणा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र धनराज गुरुङले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, पूर्वसहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, बद्रीप्रसाद पाण्डे, उमाकान्त चौधरी, डा. प्रकाशशरण महतसहितका नेताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् ।

त्यसै गरी पूर्वकेन्द्रीय सदस्यहरू बलबहादुर केसी, अम्बिका बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीले पनि क्रियाशील सदस्य नवीकरण एवं अद्यावधिक गरेका छैनन् । नेताहरू मीनबहादुर विश्वकर्मा, रमेश लेखक, नारायणप्रकाश साउद, श्यामकुमार घिमिरे, शङ्कर भण्डारी, मोहनबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसहितका धेरै पटक मन्त्री भएका नेताले पनि क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् ।

त्यसै गरी राष्ट्रिय सभाका सदस्य पार्टीका पूर्वमुख्य सचिव कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, जितजङ्ग बस्नेत, कृष्णबहादुर रोकाया, ललितजङ्ग शाही र जगत तिमिल्सिनाले पनि क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् ।