‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते

‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते


ग्लोब नेपाल
162
Shares

काठमाडौं । चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ ।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिए । उनले भने, ‘हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ, चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँ ।’

उनले अवार्डका लागि चलचित्र आह्वान गर्ने र सहभागी भएका चलचित्रलाई समीक्षकले हेरेर दिने नतिजाका आधारमा कार्यसमितिले छलफल गरेर विजेता घोषणा गर्ने गरेको स्पष्ट पारे ।