राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।

यस पटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ । बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ । केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको छ ।