सुन तोलामा सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार भने चाँदी तोलामा चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।