काठमाडौं । आजदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि अनिश्चितकालका लागि बन्द गर्न लागेका हुन् ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उधोगीहरूले चिया बगान र उधोग बन्द गर्नु परेको जनाएका छन् ।
नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको र त्यसमध्ये करिब ५ अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार भारतको बदलामा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै उनले त्यसतर्फ निर्यातका लागि पहल गरिदनसमेत सरकारसँग माग गरिएको छ । चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको तथा वार्षिक १ अर्ब राजस्व बुझाउँने गरेका छन् ।


प्रतिक्रिया