चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको आज देखी सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ ।
साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यपालिका रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिए ।
गत असार ६ गते महाधिवेसनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिईसकेको छ ।
महाधिवेसनमा २५ सय प्रतिनिधि सहभागी हुदैँछन्, जसमध्ये २ सय जना बिभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेसनमा कम्तिमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया