काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँसेरै यसबारे जानकारी गराएको हो ।
बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।


प्रतिक्रिया