काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको हो ।
नेता गणेश पराजुलीका अनुसार करिब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । गत ७ असारदेखि जारी महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान गरिएको हो । सोही चरणको मतदानपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
विधानअनुसार रास्वपामा कुल १५८ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । तीमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्। साथै सातै प्रदेशका सभापतिहरू स्वतः केन्द्रीय सदस्य हुने प्रावधान रहेको छ ।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । त्यसपछि पदाधिकारी चयनको दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ ।


प्रतिक्रिया