प्रतिनिधि सभाको बैठक स्थगित, शनिबार बस्ने

प्रतिनिधि सभाको बैठक स्थगित, शनिबार बस्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन्। यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत स्थगन भएको थियो ।

चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।