काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपिन आचार्यलाई समर्थन जनाएका छन् ।
रञ्जु दर्शना, गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपिनलाई समर्थन जनाउँदै भोट मागेका हुन् ।
पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरूले आचार्यलाई समर्थन गरेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया