रास्वपा प्रतिनिधि भएका गणेशराज गिरीलाई नेकपाको स्पष्टीकरण

रास्वपा प्रतिनिधि भएका गणेशराज गिरीलाई नेकपाको स्पष्टीकरण


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । जिल्लाको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ। नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर पनि संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको तथा पछिल्लो समय पार्टी अनुशासन उल्लंघन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि बनेको सार्वजनिक भएको उल्लेख गरिएको छ। सो विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिइएको पत्रमा उल्लेख छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट पालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।