पूर्वअर्थमन्त्री पौडेललाई लगियाे बिशेष अदालतमा

पूर्वअर्थमन्त्री पौडेललाई लगियाे बिशेष अदालतमा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्व अर्थ मन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । आज नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।

पौडेल गत असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। 

यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। भोली उनको सो मुद्दाका बारेमा सर्वोच्च अदालतमा उपस्थित गराइदैँछ ।