नेप्से परिसूचक ६ महिनायताकै न्यून स्तरमा

नेप्से परिसूचक ६ महिनायताकै न्यून स्तरमा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार सातौँ कारोबार दिन पनि घट्दै करिब छ महिनायताकै न्यून विन्दुमा पुगेको छ। मंगलबारको कारोबारपछि बजार सूचक २६०८ अंकमा कायम भएको हो, जुन गत पुस ९ यताकै सबैभन्दा तल्लो स्तर हो। उक्त दिन नेप्से २५८५ अंकमा रहेको थियो।

मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेको छ। यससँगै पछिल्ला सात कारोबार दिनदेखि बजार निरन्तर ओरालो लागेको क्रम कायम रहेको छ।

गत साताका पाँचै कारोबार दिन बजारमा गिरावट देखिएको थियो भने चालु साताको पहिलो दुई कारोबार दिन पनि सूचक घटेको छ। अघिल्लो कारोबार दिन नेप्से १६.५४ अंकले घटेको थियो। त्यसअघि गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक तथा शुक्रबार २.०० अंकले सूचकमा गिरावट आएको थियो।

मंगलबारको कारोबार अवधिभर बजार अधिकांश समय नकारात्मक अवस्थामा रहे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार कारोबार रकम बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।