बादल र टोपबहादुरका छोरा जेलबाट छुट्दै

बादल र टोपबहादुरका छोरा जेलबाट छुट्दै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीका छोरासहित ७ जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी,संगठित अपराध र राज्यविरुद्धको कसुरमा प्रतिवादी बनाइएका रामशरण केसी,प्रतिक थापा, टंककुमार गुरुङ,सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई निर्दोष ठहर्याएको हो ।

सन्दीप टोपबहादुरका छोरा हुन् भने प्रतिक बादलका छोरा हुन् । यो प्रकरणमा अदालतले टोपबहादुरलाई भने दोषी ठहर गरेको छ । त्यस्तै उच्च अदालतको आदेशले धरौटीमा छुटेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पनि दोषी ठहर भएका छन् ।