काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ५६ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेको छ। कम्पनीका एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको हो।
कम्पनीले सूचना प्रकाशित भएसँगै इच्छुक संस्थापक सेयरधनीलाई ३५ दिनभित्र खरिद आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिँदा आवश्यक कागजातसहित ललितपुरको महालक्ष्मीस्थित कम्पनीको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया