बिमानस्थलमा बोल्न खोजेपछि दुर्गा प्रसाई केहीबेर प्रहरी नियन्त्रणमा 

बिमानस्थलमा बोल्न खोजेपछि दुर्गा प्रसाई केहीबेर प्रहरी नियन्त्रणमा 


ग्लोब नेपाल
216
Shares

काठमाडौं । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ।  

आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यो पटक भने उनलाई प्रहरी हिरासतमा राखिएन र भक्तपुरस्थित घरमा पुरयाएर छाडिदिएको छ । 

उनी आउँदा विमानस्थलमा कन्टेन्टका लागि युट्यूवरको भीड लागेको देखी पछि उनी प्रहरी नियन्त्रणमा परेका हुन्, आज उनले बिमानस्थलमा बोल्न पाएनन, प्रहरीले प्रसाईँलाई हिरासतमा नलगी उनकै भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको छ।

बिमानस्थल संबेदनशिल र निषेधित क्षेत्र भएकाले त्यहाँ प्रसाईलाई बोल्न नदिएको प्रहरीको जिकिर गरेको छ ।