नक्कली भुटानी शरणार्थी प्रकरण: २ पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने

नक्कली भुटानी शरणार्थी प्रकरण: २ पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्व मन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ।

काठमाडौँ जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि आजको पेशी तोकेको हो।

दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्।

उनीहरू संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा दोषी ठहर भएका हुन्।