आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घट्यो

आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा एक सय रुपैयाँले घटेर तोलामा ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।