काठमाडौं । आज सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।
उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि जयसवालले चढ्ने गरेको खुलेको छ । जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा समेत हुन् । मेयर कन्थमणिले करिब एक महिना अघिमात्रै उक्त गाडी खरिद गरिएको जानकारी गराएका छन ।
उनले भनेका छन, ‘हो, उक्त नम्बरप्लेट ९बा ०१–०३४ च ८४८०० को गाडी मेरो छोरा ९रवि० ले चढ्ने गरेको थियो । करिब एक महिना जति भयो गाडी किनेको, ‘अहिलेसम्म पास गरिसकेको छैन । बैंककै नाममा छ ।’ उनका अनुसार, कहिले छोरा र कहिले चालकले चलाउने गरेको मेयर कन्थमणिले जानकारी दिए । उनका छोरा रवि केही समय अघिमात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए ।
बाबु कन्थमणि भने नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । रास्वपाले गत जेठ ८ गतेमात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।


प्रतिक्रिया