सिंहदरबार प्रवेशमा रोक लगाएपछि गेटमै धर्नामा बसे निहारिका र बिनु

सिंहदरबार प्रवेशमा रोक लगाएपछि गेटमै धर्नामा बसे निहारिका र बिनु


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेकी ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरू सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेका छन्।

निहारिका र बिनु आफ्ना माग सम्बोधन गराउन गृह मन्त्रालय जाने तयारीका साथ सिंहदरबार पुगेका थिए। निहारिकासँग उनका नाबालक छोरा पनि थिए। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक महिला सांसदले सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिदिएको उनीहरूले जानकारी दिए ।

तर, पास लिएर प्रवेश गर्न खोज्दा प्रहरीले ‘माथिको आदेश’ भन्दै रोकेको उनीहरूको आरोप छ। प्रवेश नपाएपछि बिनु यादव सडकमै सुतेर विरोध जनाएकी थिइन् भने निहारिका सानो छोरा च्यापेर वर्षामा गेटमै बसेकी छन्।

प्रहरीले उनीहरूलाई गेटबाट केही पर सारेको छ तर पक्राउ भने गरेको छैन । यता, जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले भने उनीहरूसँग प्रवेश पास नभएकाले सिंहदरबारभित्र प्रवेश गर्न नदिइएको बताए। प्रवेशमा रोक लगाइएपछि निहारिका र बिनुले गेटमै धर्ना जारी राखेका छन्।