अभिनेत्री काजल कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी

अभिनेत्री काजल कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी


ग्लोब नेपाल
216
Shares

काठमाडौं। अभिनेत्री काजल कर्णले आफु माथी रंगभेद भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्। 

उनले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुर्व्यवहार भएको आरोप लगाउँदै मंगलबार उनले चलचित्र कलाकर संघमा उजुरी दिएकी हुन्। कर्णले इमेलमार्फत उजुरी दर्ता गराएकी हुन्। 

उजुरीमा उनले चलचित्रको सुटिङ सेटमा रहदाँ आफूमाथि दुर्व्यवहार भएको जनाउँदै सामाजिक सञ्जालमार्फत घटनामा संलग्न व्यक्ति तथा निर्माण टोलीमाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरिरहेको बेला यो उजुरी गएको हो । 

साथै, भविष्यमा कुनै पनि कलाकारमाथि यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता सम्बन्धित पक्षबाट गराउनुपर्ने माग पनि गरेकी छन्। उजुरी प्राप्त भएपछि संघका अध्यक्ष उत्तम केसीले दुवै पक्षलाई छलफलका लागि बोलाउन लागेको बताए।

तर,  फिल्मका निर्देशक दीपकप्रसाद आचार्यले भने अभिनेत्री कर्णले लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै सामाजिक सञ्जालवाट प्रस्टीकरण दिइसकेका छन् ।