सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्वारा खारेज

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्वारा खारेज


ग्लोब नेपाल
108
Shares

काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय  खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो ।

वर्तमान सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरे पछि यो बिषय अदालत पुगेको हो।।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट जारी परिपत्र सार्वजनिक र नीजि सञ्चारमाध्यमहरुको हित प्रतिकूल भएको भन्दै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत गएको थियो ।

जसमा आज सोसाईटीको माग अनुसार सरकारको कदममा रोक लगाएको हो।