प्रतिनिधि सभा बैठकमा करिब २० मिनेट बसेर बाहिरिए प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने

प्रतिनिधि सभा बैठकमा करिब २० मिनेट बसेर बाहिरिए प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधि सभा बैठकमा सहभागी भए पनि छोटो समयमै बाहिरिएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी हुन प्रधानमन्त्री शाह र सभापति लामिछाने दिउँसो १ बजेर ३७ मिनेटमा संसद् भवन पुगेका थिए। उनीहरू बैठक कक्षमा प्रवेश गरी करिब २० मिनेट बसेपछि बाहिरिएका हुन्।

बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री शाहले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए।

प्रधानमन्त्री र रास्वपा सभापतिको संसद् उपस्थितिलाई पछिल्लो राजनीतिक गतिविधिका सन्दर्भमा चासोका साथ हेरिएको थियो। यद्यपि उनीहरूको बैठक सहभागिता भने छोटो समयमै सीमित भएको छ।