भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण २ बर्ष जेल बस्नु पर्ने

भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण २ बर्ष जेल बस्नु पर्ने


ग्लोब नेपाल
513
Shares

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दुई वर्ष कैद सजाय भोग्नु पर्ने भएको छ ।मंगलबार जिल्ला अदालत, काठमाडौँले खाणलाई २० हजार जरिवानसहित २ वर्ष कैद सजाय सुनाएको हो। 

नक्कली भुटानी शरणार्थीसम्बन्धी सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइ पछि जिल्ला अदालतले सजाय तोकेको हो। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो। 

उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ। त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ। 

यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख गरिएको छ। यससँगै थप तीन महिना कैद तोकिएको छ। 

अदालतले एकीकृततर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार जरिवाना भोग्नु पर्ने भएको छ ।