काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार सुन तोलामा २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेर तोलामा ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधवार चाँदी तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया