काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएको सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलमा फाइनलमा प्रवेश गरेको छ ।
यो सँगै साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो ।
एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा अपराजित यात्रालाई निरन्तरता दिन पनि सफल भएको छ । अब अर्जेन्टिना र स्पेन बीच फाइनल खेल जुलाई २० सोमबार बिहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ ।
यस्तै तेस्रो स्थानको लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड बीच खेल हुनेछ । साविक विजेता अर्जेन्टिनाले समूह चरणको खेलमा सहज जित हात पारे पनि नकआउट चरणका खेलहरुमा संघर्ष गर्दै आएको थियो । नकआउट चरणमा अन्तिम समयमा गोल गर्दै खेल जित्नेदेखि कमब्याक जित हात पार्ने अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही गर्यो ।


प्रतिक्रिया